काठमाडौं । चर्चित नायक पल शाह र नायिका एलिजा गौतम अभिनित ‘धानै कुट्ने ढिकी’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । उक्त गीतको भिडिओ ‘पवनवली’ नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
सर्वाधिक रुचाईएकी र चर्चित गायिका विष्णु माझी र पवन वलीको स्वर रहेको उक्त गीतको रचनाकार पनि गायक वली नै हुन् । शिब बिकको कोरियो ग्राफी र निर्देशन रहेको भिडिओ अत्यन्तै मौलिक बनेको छ । अर्जुन तिवारी र टिमको छायाँकन रहेको गीतमा एरेन्ज तथा मिक्सिङ आशिष अविरलको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS