काठमाडौं । बलिउड अभिनेत्री तथा दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्तीलाई एनसिबीले मंगलवार पक्राउ गरेको छ । उनीमाथि ड्रग्स प्रयोग गरेकोसहित विभिन्न गम्भीर आरोप लागेको थियो, जसको विषयमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले उनीसँग निरन्तर सोधपुछ गरेको थियो ।
एनसिबीले पहिलो दिन रिया चक्रवर्तीसँग करीब ६ घण्टा लामो सोधपुछ गरेको थियो । दोस्रो दिन ८ घण्टा र तेस्रो दिन अर्थात् मंगलवार ३ घण्टा सोधपुछपछि उनलाई एनसिबीले पक्राउ गरेको हो । ड्रग प्याडलिङ मुद्धामा उनी पक्राउ परेकी हुन् । सुशान्त सिंह राजपूतलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै उनका प्रशंसक रियाको पक्राउको लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए ।
पहिला रियालाई सीबीआईले पक्राउ गर्ने धेरैको आँकलन थियो । तर, यो मुद्धामा ड्रग्स एंगल आएपछि एनसिबीको प्रवेश भएको थियो । ड्रग्स खरिद गरेको मामलामा यसअघि रियाका भाई शोभिक चक्रवर्तीलाई पक्राउ गरिएको थियो । अब ड्रग्स मामलामा रिया पनि पक्राउ परेकी छन् । उनले विभिन्न अन्तर्वार्तामा आफूले ड्रग्स लिने गरेको कुरामा सत्यता नभएको बताएकी थिइन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS