रुकुम । अवैध लागुऔषध कारोबारीलाई पछ्याउँदै जाँदा छोप्ने क्रममा गोली प्रहार भएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–४ ठाराढुंगामा मंगलबार बेलुका रुकुम पूर्वको प्रहरीले आगुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गरेको हो ।
प्रहरीको चाइनिज पेस्तोलबाट प्रहार गरिएको गोली लागेर मुसीकोट नगरपालिका–११ का २५ वर्षिय निर्मल पुन घाइते भएका छन् । कम्मरमुनि ताकिएको गोलीले पुनको अण्डकोषचाहिँ जोगिएको छ । उनलाई जिल्ला अस्पताल सल्लेमा सामान्य उपचार गरेर थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घाइते पुनसँगै सोही वडाका ३५ वर्षकी लक्ष्मी पुनलाई पनि प्रहरी पक्राउ गरेको छ भने २८ वर्षका जयप्रकाश पुन भागेका छन् ।
कन्ट्रोल डेलिभरिको क्रममा रुकुम पूर्व र रुकुम पश्चिमको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै हातपातको प्रयास गरेकाले गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । यसअघि रुकुम पूर्वमा अफिमसहित पक्राउ गरेकाहरूको बयानका आधारमा कारोबारी पछ्याउदै रुकुम पूर्वको प्रहरी टोली रुकुम पश्चिमसम्म आएको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट प्रहरी निरीक्षक दिनेश गुरुङको कमाण्डमा आएको प्रहरी टोलीले लागुऔषध कारोबारीको पिछा गरेर पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS