काठमाडौं । योग प्रेमी परिवार नेपालको केन्द्रिय कार्यालय उद्घाटन भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा १० मा रहेको केन्द्रिय कार्यालयको बागमती प्रदेसका प्रदेश सभा सदस्य कुसुमकुमार कार्कीले गरेका थिए ।

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा योग साधना सिविर संचालन गर्दै आएको योग प्रेमी परिवार नेपालको केन्द्रिय कर्यालय उद्घाटनमा कार्यक्रमको अध्यक्षता संस्थाका केन्द्रिय अध्यक्ष खेटराज मैनालीले गरेका थिए।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,सो संस्थाका सल्लाहकार डा. हरि प्रसाद पोखरेल,योग प्रशिक्षक भानुभक्त ढकाल, रवि प्रसाद पौडेल, हेमा अधिकारी, खडानन्द लुइँटेल, नारायण प्रसाद पौडेल, योन्जन गैरे लगायत अतिथि रहेका थिए।

संस्थाका भिम आचार्यले संचालन र उद्दव दाहालले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा बोल्ने वक्ताहरुले योगको महत्व र प्रवर्धनका वारेमा धारणा राखेका थिए।

तपाईको प्रतिक्रिया

RELATED POSTS