मोरङ्ग । मोरङ जिल्लाको रतुवामाई नगरपालिका २ डोरीयास्थित सीमा ईलाकाबाट साउन १४ गते एपीएफ टोलीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
को २ ह २८७३ नम्बरको ट्याम्पुमा आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डोरीयाबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुको साथमा नाईट्रोभेट ८ पत्ता र स्पास्मो ट्याब्लेट ३ पत्ता फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको उर्लाबारी नगरपालिका ४ बस्ने २९ बर्षिय सुरज बि.क., सोही नगरपालिका ५ बस्ने २८ बर्षिय विबस लामा र उक्त ट्याम्पुका चालक सोही जिल्लाकै धनपाल गाँउपालिका ३ बस्ने ३८ बर्षिय सुवर्ण राम छन् । एपीएफ टोलीले त्यसवेला उक्त ट्याम्पु समेत बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा ट्याम्पुसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS