सञ्चालनमा रहेका निजि तथा सरकारी स्वामित्वका २८ वाणिज्य बैंक तथा कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट सरकारलाई आयकर तिरेका छन् ।गत आर्थिक बर्षमा नविल बैंकले सरकारलाई सबैभन्दा बढी कर तिरेको छ । उसले गत आर्थिक बर्षको नाफाबाट २ अर्ब १८ करोड कर तिरेर बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने पहिलो बैंक बनेको छ । गत वर्ष नाफाबाट नबिल बैंकले सरकारलाई २ अर्ब १८ करोड रुपैयाँ आयकर बुझाएको हो ।

यस्तै नबिलपछि गत आर्थिक बर्षको नाफाबाट सबैभन्दा बढी कर तिर्ने दोश्रो बैंकमा सरकारी स्वामित्वको कृषि विकास बैंक रहेको छ । कृषि विकास बैंकले नविल बैंकले भन्दा १३ करोड कम अर्थात २ अर्ब ५ करोड बुझाएको छ ।

यस्तै सरकारी स्वामित्वकै राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक बर्षको नाफाबाट २ अर्ब २ करोड रुपैयाँ आयकर बुझाएर आयकर बढी तिर्ने बैंकहरुको सूचीमा तेश्रो स्थानमा छ ।

त्यसैगरी अर्को सरकारी स्वामित्वकै नेपाल बैंकले १ अर्ब ८६ करोड रुपैयाँ आयकर बुझाएर सबैभन्दा बढी आयकर बुझाउने बैंकहरुमध्ये चौथो सूचीमा रहेको छ ।

पाँचौ नम्बरमा भने, ग्लोवल आइएमई बैंक छ । उसले गत आर्थिक बर्षको नाफाबाट १ अर्ब ८१ करोड रुपैयाँ बुझाएको छ ।

करदाता कार्यालयका अनुसार सबैभन्दा बढी कर तिरेर पहिलो नम्बरमा नीजि स्वामित्वको एनसेलले रेकर्ड ब्रेक गरेको छ । एनसेलले ३३ अर्ब ९५ करोड आयकर बुझाँउदा नेपाल टेलिकमले आठ अर्ब ७ करोडमात्र आयकर बुझाएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS