चन्द्र ढकालहरुको अत्याचारका कारण देशकै ठूलो बैंक ग्लोबल आइएमइबाट प्रमुख कार्यकारी अधिकृतहरु राजीनामा ठेल्दै हिड्न थालेका छन् । उनी भने बैंक तथा बीत्त कम्पनीका कर्मचारीहरुलाई धमाधम जागिरबाट गलहत्याएर नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा होमिएका छन् ।
मंगलबारमात्र चन्द्र ढकालले प्यानल घोषणा गरेका छन् । ढकाल प्यानलबाट उद्योग वाणिज्य महासंघमा भिड्नेहरुमा रामचन्द्र संघाई,उमेशलाल श्रेष्ठ,गुणनिधि तिवारी लगायत छन् । उनीसँगको प्रतिष्प्रर्धामा किशोर प्रधानहरु भिड्दै छन् । यता हालैका दिनमा मात्र यिनै चन्द्रहरुको ज्यादती सहन नसकेर ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सीइओ परशुराम कुवँर क्षेत्रीले राजीनामा ठेले । तर कारण देखाए स्वास्थ्य समस्या । उनी त्यहाँ नियुक्त भएको सात महिना नबित्दै राजीनामा दिएर बाहिरिएका छन् । कुँवरले एक महिनाअघि दिएको राजीनामा बैंकको सञ्चालक समितिले बिहीबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । जनता बैंक र ग्लोबल आइएमई बैंक एकआपसमा गाभिएपछि जनता बैंकको तर्फबाट गत मंसिर २० गतेदेखि उनी ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । ग्लोबल आइएमइ बैंक सिइओ नटिक्ने बैंकमा पर्दछ । जहाँ अहिलेसम्म ६ जना प्रमुख कार्यकारी अधिकृत परिवर्तन भइसकेका छन् ।
बैंक स्थापनाकालमा सुमन न्यौपाने सीइओ थिए । ४ वर्षे कार्यकालका लागि नियुक्ति भएका न्यौपाने २ वर्षमै राजीनामा दिएर हिँडे । त्यसपछि सीइओ बनेर आए अनिल ज्ञवाली । ज्ञवाली पनि २ वर्ष ४ महिनामै राजीनामा दिएर बाहिरिए । यसपछि रत्नराज बज्राचार्यलाई सीइओ बनायो । उनी बाहिरिएपछि फेरि अनिल ज्ञवाली ग्लोवलको सीइओ बनेर आए । दोस्रो पटक पनि ज्ञवाली पूरा कार्यकाल टिक्न सकेनन् । २ वर्ष नपुग्दै राजीनामा दिएर हिँडे । यस पछि जनक शर्मा पौड्याल सीइओ बने । उनी पनि १४ महिनामै राजीनामा दिएर बाहिरिए । यस पछि सिइओ बनेका कुँवर सात महिनामै राजीनामा दिएर हिडेका छन् । सात महिना अघि मर्जर भएको ग्लोबल आईएमई र जनता बैंकको । बैंक मर्जरमा गएको सात महिना पुग्दै गर्दा बैंकबाट २७ जना कर्मचारीलाई भीआरएसमात्रै लिन लगाइएन, स्वयम प्रमुख कार्यकारी अधिकृत समेतलाई राजिनामा दिन बाध्य गराइयो । यस अघि नै जनताका माथिल्लो तहका कर्मचारी ग्लोबलबाट बाहिरी सकेका छन् भने हाल भीआरएस लिने कर्मचारीहरू जनता बैंकबाट बैंकसँगै आएका थिए । विभिन्न साना वित्तीय संस्थालाई समाहित गरेर बनेको कुमारी बैंकको कथा त्यस्तै छ । बैंकले पनि गत चैतमा २८ जना कर्मचारीलाई भीआरएस लिन लगायो । एनआईसी एसिया मर्ज भएपछि माथिल्लो तहका ११ जना कर्मचारीले राजीनामा दिएका थिए । मर्जकै कारणले धेरै सीईओको जागिर गएको छ भने धेरै कर्मचारी रोजगारी विहिन भएका छन् । मर्जका बेला कर्मचारीलाई आकर्षक सेवा सुविधा सहित तह वृद्धिसम्मका विषय उठ्ने गर्छन र सोही अनुरुपका काम कारवाही पनि हुन्छ । पछि समय बित्दै गएपछि मर्जसँगै ल्याइएका कर्मचारीलाई जागिरबाट विभिन्न वाहनामा निकाल्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS