सर्लाही । सर्लाही जिल्लाको गोडौटा नगरपालिका १ बहादुरपुर सीमा ईलाकाबाट असार २१ गते एपीएफ टोलीले ५ सय ७० वटा वालरेक्स नामक लागूऔषध बरामद गरेको छ ।
बेवारिसे अवस्थामा रहेको उक्त लागूऔषध सशस्त्र प्रहरी बल, नेपाल बोर्डर
आउट पोष्ट बलराउधोरणबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
त्यसैगरि धनुषा जिल्लाको नगराईन नगरपालिका ७ खिरखिरीबाट असार २० गते एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको जनकपुर उपमहानगरपालिका ४ बस्ने २९ वर्षिय दिपककुमार पुर्वे छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
ज १२ प ९७४९ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज पुर्वेलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा एक्सिस प्लान २४ बोतल र नाईट्रोभेट १० पत्ता फेला परेपछि पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उनको साथबाट ७ हजार ३५ रुपैयाँ समेत बरामद गरेको छ ।
एपीएफ टोलीले पक्राउ परेका पुर्वेलाई बरामद लागूऔषध र उक्त रकमसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS