कैलाली । ७ वर्षीया बालिका बलात्कार गरेको आरोप लागेका कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ का ८० वर्षीय वृद्ध बालाराम सुवेदी धरौटीमा रिहा भएका छन् ।
गत जेठ महिनाको ११ गते आफ्नै नतिनीसंगै खेलिरहेकी नातिनीकी साथीलाई दिउँसो करिब ३ बजेतिर घरमा कोही नभएको मौकामा वृद्ध बालारामले बलात्कार गरेको आरोप लागेको छ ।
बालिकाले पिसाव फेर्न गाह्रो भएपछि मात्रै आमालाई घाउ देखाएकी थिइन् । बालिकाको योनी सुन्निएको देखेपछि आमाले कमिलाले टोकेको भनेर तेल लगाई दिएकी थिइन् । तर, दोस्रो दिन धेरै दुखेको भन्दै बालिका रोएपछि सोधपुछ गर्दा बालिकाले घटनाबारे आफ्नाी आमालाई बताएकी थिइन् ।
घटनाबारे थाहा पाएपछि बालिकाको परिवारले १४ जेठमा मालाखेती ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । घटना सार्वजनिक भएपछि पीडक वृद्धले आफै घरमा आएर कति रुपैयाँ चाहिन्छ मिलापत्र गरौं भन्दै बालिकाको परिवारलाई पैसाको लोभ समेत देखाएको पीडित परिवारको आरोप रहेको छ ।
बलात्कारी आरोपित सुवेदीलाई जिल्ला अदालत कैलालीका न्यायाधीश कृष्णप्रसाद नेपालको आदेशमा कोरोना महामारीको अवस्था र उमेर हदबन्दीको कारण देखाई १२ दिनभित्रै ५० हजार धरौटीमा रिहा गरिएको हो ।
बालिकाका आफन्तले उमेर हदबन्दी लागे पनि छोटो समयमै थोरै जरीवानामा बलात्कारी रिहा भएको भन्दै असन्तुष्टी जनाएका छन् । पीडितका आफन्तले अपराधीलाई प्रशासनले नै संरक्षण दिएको आरोप समेत लगाएका छन् ।
बालिकाको शारीरिक परीक्षण प्रतिवेदनमा योनीमा यौनजन्य पदार्थ थुप्रिएको र च्यातिएको भन्ने उल्लेख छ । स्वास्थ्य प्रतिवेदनले उनको योनीमा चोट लागेको प्रमाणित गरेको छ । तर जिल्ला अदालतको मिसिलमा भने पर्याप्त प्रमाण नदेखिएको भन्दै पीडक सुवेदीलाई २७ जेठमा धरौटीमा रिहा गर्न आदेश दिइएको हो ।
‘हामीसंग थुप्रै प्रमाण हुँदाहुँदै पनि कानूनले हामीमाथि छलकपट ग¥यो, न्यायको पखाईमा अदालत धायौं । तर अदालतले नै हामीमाथि ठूलो अन्याय ग¥यो । यति छोटो समयमा बलात्कारी छुटेर आउँदा थप डर लागेको छ ।’, पीडितकी आमाले भनिन् ।
बलात्कार आरोपीत वृद्धलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न मनासिव नदेखिएको भन्दै ५० हजार रुपैयाँ धरौटी लिएर तारेखमा छाडिएको अदालतले जनाएको छ । घटनापछि बालिका मानसिक रुपमा अस्वस्थ देखिएको परिवारले जनाएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS