काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा न ११ मा रहेको शारदा एकेडेमीले आफ्नो खेल सप्ताहको भव्य उद्घाटन गरेको छ। शनिबार कपन ह्यान्डबल ग्राउन्डमा एक कार्यक्रम गरि खेल सप्ताहको उद्घाटन गरेको हो।

कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा प्रमुख अतिथि हुनुहुन्थ्यो। यसै गरि विशेष अतिथीको रुपमा रास्टृय टिमका पुर्व खेलाडी एवम पुर्व प्रशिक्षक बाल गोपाल महर्जनका साथै राष्ट्रिय टिमका फुटबलर आशिष् लामा एवम काठमाडौ खेलकुद संघका पुर्व उपाध्यक्ष बद्री भट्टराई लगायतका विभिन्न खेलकुद सम्बद्ध बिशिस्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। विद्यालय निर्देशक धन बहादुर रायको सभापतीत्वमा भएको उक्त कार्यक्रम कक्षा ९ मा अध्ययनरत छात्र सदिस थापाले गरेका थिए।

कार्यक्रममा नेपालको इतिहासमा नै पहिलो पटक शारदा एकेडेमीले सुरु गरेको साडी ड्रील पनि प्रदर्शन गरिएको थियो। कक्षा ५ देखि ९ सम्म अध्ययन गर्ने विद्यार्थीहरुले उक्त ड्रील प्रदर्शन गरेका हुन। यसरी साडी ड्रील नेपालमा पहिलो पटक अघिल्लो साल शारदाका विद्यार्थीले नै प्रदर्शन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै एन्फा अध्यक्ष शेर्पाले विद्यार्थीको चौतर्फी विकासमा टेवा पुराउदै उज्ज्वल भबिस्यको बाटोमा लैजानको लागि शिक्षा र खेलकुदलाई सगै अगाडि बढाउन पर्ने बताउनु भयो।

शारदा एकेडेमीले स्थापना कालदेखी नै अतिरिक्त क्रियाकलाप गरेर विद्यार्थीको चौतर्फी बिकास गर्न टेवा पुराउदै आएको छ। खेल सप्ताहमा फुटबल,क्रिकेटका साथै हाइजम्प लङ्जम्प इत्यादि खेलहरु हुनेछन।

तपाईको प्रतिक्रिया

RELATED POSTS