नेपाली काँग्रेसको १४ औं महाअधिवेशन नजिकिदै गर्दा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सस्दय शेखर कोइरालाले आ–आफ्नो गुट बलियो बनाउन सक्रिय ढंङ्गले लागेका छन् । यसका लागि तीनै जना नेताहरुले पाँच नम्बर प्रदेशमा विशेष ध्यान दिएका छन् । नेपालको मध्य भाग र नेपाली काँग्रेसका पुराना नेताहरु पनि रहेको यो प्रदेशमा उनीहरुको आगमनमा बाक्लिएको छ ।यहाँ हुने कार्यक्रमा देउवा समूहले नेताहरु आउनासाथ पौडेल समूह या कोइराला समूहले अर्को कार्यक्रम राख्ने अघोषित प्रतिस्पर्धा नै चलेको छ ।

 

अर्कोतिर पार्टीका कार्यक्रम पनि रुपन्देहीमा तीव्र रुपमा भएका छन् । जसलाई सम्बोधन गर्न केन्द्रीय नेताहरुलाई नै बोलाउने गरिएको छ ।महाधिवेशन प्रतिनिधि र अन्य केन्द्रीय सदस्यहरु तथा केन्द्रमा पकड राख्ने नेताहरु धेरै भएका कारण पाँच नम्बर प्रदेशको राजधानी रुपन्देहीलाई काँग्रेसका देउवा, पौडेल र कोइराला लगायतका नेताहरुले विशेष ध्यान दिएका हुन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS