फायरवर्डस मिडिया द्वारा आयोजना गरिएको एक दिने ‘Firewords Conclave 2019’ कार्यक्रम समापन भएको छ । झन्डै दुइ सय युवाहरु बिचमा गरिएको कार्यक्रममा बिभिन्न राजनितिक पार्टीका शिर्ष युवा नेता , सफल व्यबसायीहरु र बिभिन्न ठाउं बाट आउनु भएका युवाहरु रहेका थिए । कार्यक्रम को सम्-उद्घाटन नेपाली काङ्ग्रेसका सह-महामन्त्री डा .प्रकाश शरण महतले गरेका थिए । युवाहरु लाइ नेपालमै केहि गर्न सकिन्छ ,परिबर्तन सम्भब छ भन्ने उद्देश्यले गरिएको संस्थाका सि.इ.ओ अशोक रोकयाले जानकारी दिनुभयो । सोमबार समापन भएको कार्यक्रममा बिभिन्न क्षेत्रबाट आउनुभएका युबा, उद्यमी र राजनितीक नेताहरुमा प्यानल छलफल भएको थियो ।

 

कार्यक्रममा प्यानल छलफल तिन भागमा बिभाजन गरिएको थियो पोलिटिकल प्यानलमा नेपाल कमिनिष्ट पार्टी कि नेतृ बिन्दा पाण्डे, पुर्बाधारविद् डा.सुर्य राज आचार्य , नेपाली कांग्रेसका नेता प्रदिप पौडेल र नागरिक समूहका प्रमुख निगम हुमगाइले कहिले कसले र कसरी परिवर्तन आउन्छ भन्ने बिषयमा छलफल गरेका थिए । त्यसै गरी अर्को प्यानल छलफल उधमीहरु बिच भएको थियो जस्मा ज्योति बिकाश बैकं का सि.इ.ओ मनोज ज्ञावलि , इ -सेबा का सि.इ.ओ अस्गर अली ग्लोकल प्रा.लीका इ.डी. आशिष ठाकुर रहेका थिए । युथ प्यानलमा बिबेकशिल पार्टीकी नेतृ रन्जु दर्शना,अनेरास्ववियूका महा सचिब ऐन महर ,नेपाली बिधार्थी संघका नेता प्रेम जोशी, मास्टर पिस एन वाइ सि का फाउन्डर सरोज बनिया रहेका थिए । अन्तमा कोर्पुरेट ट्रेनर रबिन कटुवालले युबा हरुले नेपाल मै बसेर कसरी काम गर्ने सफल कसरी हुने बिषयमा चर्चा गरेका थिए । कार्यक्रम समापन भएको घोषणा गर्दै साथ सहयोग गर्ने प्रायोजक AEC कि संयोजक अनिशा खड्काले धन्यवाद ब्यक्त गरेकी थिइन ।

तपाईको प्रतिक्रिया

RELATED POSTS