आइतवार काठमाडौको विभिन्न स्थानमा भएको बम विस्फोटमा मर्नेको संख्या ४ पुगेको छ । सुकेधारामा भएको बम विस्फोटमा एक जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।उक्त घटनामा घाइते भएका थप दुई जनाको ओम अस्पतालमा उपचारको क्रममा मृत्युभएको हो ।यता, अनामनगरमा भएको बम विस्फोटमा एक जनाको मृत्यु भएको थियो ।त्यसैगरी, प्रहरी स्रोतका अनुसार घाइते मध्ये एकले आफूहरुले टाइम बम तयार गर्ने क्रममा सुकेधारमा बम विस्फोट भएको बयान दिएका छन् ।

 

घटनास्थलबाट विप्लव नेकपाको पर्चा भेटिएपनि ठाकुर भने सो पार्टीमा आबद्ध रहेको वा नरहेको खुल्न सकेको छैन् । घट्टेकुलोको घटनास्थलमा भने विप्लव नेतृत्वको नेकपाका पर्चा भेटिएका छन् ।विप्लव नेतृत्वको नेकपाले जेठ १३ गते नेपाल बन्दको आह्वान छ । दुबै घटनामा परी अहिलेसम्म ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।यसअघि विप्लवले जेठ ८ गते निकालेको विज्ञप्तिमा केपी ओली सरकारले गरेको जघन्य घटनाको बदला जनताले उचित समयमा लिने नै चेतावनी दिएका थिए । प्रहरीले आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेलाई भोजपुरमा हत्या गरेको भन्दै विप्लवले बदला लिने चेतावनी दिएका थिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS