कैलाली । कञ्चनपुरमा एक दम्पतीको धारिलाे हतियार प्रहार गरि हत्या गरिएको छ।
गए राति जिल्लाका लालझाडी गाउँपालिका १ विनाबारी मा रमेश बडायक र उनकी श्रीमती कलमा बडायकको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी गराए।
धारिलो हतियारको प्रहारबाट उनीहरूको हत्या भएको बताउदै यस विषयमा थप बुझ्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल तर्फ गएकाे जानकारी गराए।
लालझाडी १ का वडाध्यक्ष प्यारेलाल रानाले राति दम्पतीको हत्या भएको बताए ।
उनका अनुसार श्रीमान्को टाउको फुटेको छ । घरको आँगन रक्ताम्मे छ । महिलाको शव खाटबाट तल झरेको अवस्थामा छ । अहिले तालिम प्राप्त कुकुरसहित प्रहरीले अनुसन्धान गरिरहेको छ ।









प्रतिक्रिया